नेपालगञ्जमा मगर राष्ट्रिय जागरण अभियान
नेपालगञ्ज २२ माघ /
'इतिहास, भाषा, संस्कृति, संरक्षण सर्म्बर्द्धन मगरहरुको मूल मन्त्र,जातीय पहिचान र स्वायतशासन सहितको संघीय लोकतान्त्रिक मन्त्र भन्ने मूल उद्देश्य सहित नेपालगन्जमा मगर राष्ट्रिय जागरण अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार नेपाल मगर संघ भेरी कर्ण्ााली अञ्चल समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा अब बन्ने संविधानमा कसरी मगर जातीका मागहरुलाई सुनिश्चित गर्न सकिन्छ भन्ने उद्देश्यले देशव्यापी रुपमा जागरण अभियान प्रशिक्षण सुरु गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले अब बन्ने नयाँ संविधानमा मगर जातीहरुको हक र अधिकार राज्यले सुनिश्चत गर्नु पर्ने भन्दै मगर समुदायको बस्ती बस्तीमा जनमत संग्रह गर्न लागेको बताउनु भयो ।
अध्यक्ष थापामगरले मुलुकमा भईरहेको एकात्मक शासनलाई परिवर्तन गर्दै देशलाई संघीयतातिर लग्न सकेमात्र नेपाली जनताहरुको भविष्य सुनिश्चत हुने धारणा राख्नु भयो ।
उहाँले भयो यदि राज्यदेखि पछाडि परेका जातजातिहरुलाई अब बन्ने संविधानमा नसमेटिने हो भने जुनसुकै हदसम्म जाने तयारी समेत भएको जानकारी दिनु भयो ।
कार्यक्रममा बाँके, दैलेख, सर्ुर्खेत, बर्दिया, जाजरकोट, कालिकोटलगायतका जिल्लाबाट मगर संघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रय महासचिव नविन रोकामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष दीपा आले नेपाल मगर संघका केन्द्रीय सदस्य पूणिर्मा थापामगर, आदिबासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापामगर, बाँके जिल्ला मगर संघका अध्यक्ष धनसिंह रानामगर, नेपाल मगर महिला संघका केन्द्रिय सदस्य उमा थापामगरलगायतको सहभागीता रहेको थियो ।
जागरण अभियान प्रशिशण अभियान कार्यक्रममा सहभागी मगर प्रतिनिधिहरुले संघीयता, स्वायता, हक अधिकार, भेषभुषा र भाषालाई नयाँ संविधानमा कसरी राख्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए ।
उहाँले भयो यदि राज्यदेखि पछाडि परेका जातजातिहरुलाई अब बन्ने संविधानमा नसमेटिने हो भने जुनसुकै हदसम्म जाने तयारी समेत भएको जानकारी दिनु भयो ।
तस्विरहरु:

तस्विरहरु- दीपा आले ।




