पृथ्वीनारायण क्याम्पसमा मगर विद्यार्थीको संकाय भेला

पोखरा, चैत्र २७
पृथ्वीनारायण क्याम्पसमा विभिन्न संकायमा अध्ययनरत मगर विद्यार्थीहरूको भेलाले संकायगत उप–समिति गठन गरेको छ ।
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको आयोजनामा सोमबार सम्पन्न भेलाले शिक्षा, मानविकी र व्यवस्थापन संकाय उप–समिति गठन गरेको हो ।
जस अन्तर्गत शान्ति राम्जालीमगरको अध्यक्षतामा शिक्षा संकाय उप–समिति गठन गरिएको छ । जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः प्रविन रानामगर, दिलु पुनमगर, पूर्णबहादुर पुनमगर र विष्णुमाया  थापामगर रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा मनिता थापामगर, कल्पना बुढामगर, सपना गर्बुजामगर, हरिमाया श्रीसमगर (क), अनिता पुनमगर, माया फगामीमगर, पार्वती राम्जालीमगर, राजकुमारी गर्बुजामगर, अनिता पुर्जामगर, मोहन रानामगर, निशा थापामगर, गोपाल पुनमगर, रमेश रोकामगर, कुमार रोकामगर, पूर्ण थापामगर, मेनुका थापामगर, लोचना ठाडामगर, ललित घर्तीमगर, एल्विन पुनमगर, हरिमाया श्रीसमगर (ख) र तारा थापामगर रहनुभएको छ ।
त्यस्तै, ईश्वरी थापामगरको अध्यक्षतामा मानविकी संकाय उप–समिति गठन गरिएको छ । जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः वीरबहादुर पुर्जामगर, राजन गर्बुजामगर, किरण रानामगर र डके गर्बुजामगर रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा मीना पुनमगर, निरज थापामगर, देव तिलिजामगर, प्रेम पुनमगर, मैना सारूमगरलगायत रहनुभएको छ ।
त्यस्तै, विनोद थापामगरको अध्यक्षतामा व्यवस्थापन संकाय उप–समिति गठन गरिएको छ । जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः माया आलेमगर, समीर थापामगर, निशान थापामगर र सीता थापामगर रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा पदमवीर थापामगर, मीना थापामगर, गोपाल थापामगर, सुविन थापामगर, विवश थापामगर, दियस सिंजालीमगरलगायत रहनुभएको छ ।
विज्ञान तथा कानुन संकायमा समेत उप–समिति गठनको पहल भइरहेको समितिका अध्यक्ष निरज थापामगरले जानकारी दिनुभयो ।
यसअघि, भएको भेलालाई नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज गोविन्द पुनमगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य रूद्र श्रीसमगर, समितिका निवर्तमान अध्यक्ष खडक घर्तीमगरलगायतले सम्बोधन गर्नुभएको थियो । भेलामा बोल्ने वक्ताहरूले अध्ययनका अलावा आफ्नो जातीय पहिचान जोगाउनका लागि सक्रिय र एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको थियो ।
पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष निरज थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विवेक थापामगरले गर्नुभएको थियो ।

प्रेश विज्ञप्ती

                      संयुक्त जातिय संगठन द्वारा प्रकासित प्रेस विज्ञप्तीमा नेपाल मगर विद्यार्थी संघ ऐकबद्धता व्यक्त गर्द६ । आफ्नो अधिकार प्राप्तीका निम्ति संघर्षका लागी तयारी रहन र मगर विद्यार्थी तयार रहेको जानकारी गराउदछौं ।

नेपाल मगर विद्यार्थी संघको १८ औं स्थापना दिवसको भब्य तयारी

 नेपाल मगर विद्यार्थी संघको १८ औं स्थापना दिवसको भब्य तयारी 

  काठमाडौ/फागुन,२६ नेपाल मगर विद्यार्थी संघको १८ औं स्थापना दिवसको अवसरमा भोलि देशभरि नै  विभिन्न कार्यक्रम गर्ने भएको छ । भोलि विहान पशुपत्ति वृद्धआश्रममा फलफुल  वितरण, तीन वटै मगर मातृभाषामा कविता प्रतियोगिता गर्ने र  संयुक्त मगर संघ अन्तरवार्ता समेत गर्ने कार्यक्रम तय भएको संघका केन्द्रिय अध्यक्ष रेणुका काउचा मगरले जानकारी दिनु भयो । उक्त कार्यक्रममा विहान ११ बजे त्रिचन्द्र क्याम्पसमा हुने भएको हुँदा राजधानी भित्र बसोबास गर्ने सम्पुरण मगर विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन समेत आहृवान गरिएको छ ।  नेपालमगर विद्यार्थी संघको १८  औं स्थापना दिवसको उद्घाटनमा केन्द्रिय कार्यालयले केक काटेर उद्घाटन गर्ने संघका अध्यक्ष काउचामगरले जानकारी दिनु भएको छ ।  देशभिर रहेका मगर विद्यार्थी संघका उपशाकाहरु, बांके, सुखेत, दाङ बुटवल, चित्ततवन, हेटौडा, बाग्लुङ, प्युठान, महेन्द्रनगर, तनहु, पोखरा, पाल्पा, रामेछाप, धनकुटा, झापालगायतका जिल्लाहरुमा यो दिवस मनाउने तयारी रहेको छ ।

विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

 

 

      नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितीले मगर समुदायका विभिन्न क्षेत्रहरुमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान ग¥यो । गोर्खा निवासी हाल बुढानिल्कन्ठ स्कूल भाइस प्रिन्सिपल ,Maths Department Chief तथा Inspirational Teacher award विजेता श्री लाल बहादुर राना मगर बाग्लुङ्ग निवासी मिस मंगोल विजेता सपना रोका मगर यु.के मगर संघ वरिष्ठ उपाध्यक्ष दुत पुन मगर महासचिव योग फगामी मगर कोषाध्यक्ष दलमान पुन मगर यु.ए.ई वरिष्ठ उपाध्यक्ष बबिता रास्कोटी मगर hongkong.comका पत्रकार तथा मगर संघ हंगकंग का सल्लाहकार अनु थापा मगर लाई एक कार्यक्रम बिच सम्मान ग¥यो । उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष रेणुका काउचा मगर , स्वागत मन्तव्य  वरिष्ठ उपाध्यक्ष दिपु श्रीस मगर र संचालन महासचिव बलविर बुढा मगर ले गर्नु भएको थियो भने प्रमुख अतिथी संघका सल्लाहकार बम कुमारी बुढा मगर हुनुहुन्थ्यो । साथै सो कार्यक्रममा अतिथी हरु सल्लाहकारहरु अधिवक्ता गौ बहादुर आले मगर, लेक्चरर झकेन्द्र घर्ती मगर , माधव दर्लामी मगर हेमन्त बुढाथोकी तथा काठमाडौं उपत्यका का मगर विद्यार्थी हरुको सहभागिता रहेको थियो ।

 

 

 

परिपत्र जारी गरिएको बारे ।

                                
        नेपाल मगर विद्यार्थी संघ केन्दिय समितिको तनहुँको दमौलिमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनवाट निर्वाचित नयाँ केन्द्रिय समितिको प्रथम पूर्ण वैठक संघका अध्यक्ष श्री रेणुका काउचामगरको अध्यक्षतामा यहि फाल्गुन ६ र ७ गते स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न भयो । संघका संस्थापक महासचिव माननिय सभासद राम वहादुर थापामगर ज्यूले उद्घाटन गर्नु भएको वैठकको पहिलो दिन हाम्रा अग्रजहरु राम वहादुर थापामगर ,बमकुमारी वुढामगर, झकेन्द्र घर्तिमगर , भोजविक्रम वुढामगर र हेमन्त वुढाथोकीमगरले केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई विभिन्न समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । द्रोस्रो दिन फाल्गुन ७ गते सम्पन्न वैठकले विभिन्न समसामयिक प्रस्तावहरु माथि व्यापक छलफल गरी केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको कार्यविभाजन र अन्य विभिन्न निर्णयहरु सर्वसम्मतले पारित गरेको छ । उक्त निर्णयहरुलाई आ–आफ्नो कार्य क्षेत्रमा कडाईका साथ कार्यन्वयन गर्न गराउन हुन यो परिपत्र जारी गरिएको छ ।
पारित निर्णयहरु ः–
निर्णय नं. १
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको तनहुँको दमौलीमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशन सम्वन्धमा केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले रिपोटिङ्ग गर्दा केहि व्यवस्थापकीय कमी कमजोरीहरुका बावजुत सातौ राष्ट्रिय महाधिवेशन भव्यरुपमा सम्पन्न भएको निष्कर्ष निकालियो ।
निर्णय नं. २
    नेपाल मगर विद्यार्थी संघको विधान अनुसार संघको कार्यहरुलाई प्रभावकारी वनाउन निम्न व्यक्तिहरुको निम्नानुसार कार्यविभाजन गर्ने निर्णय गरियो ।
तपसिल

Read more...