नेपालगञ्जमा मगर राष्ट्रिय जागरण अभियान
नेपालगञ्ज २२ माघ /
'इतिहास, भाषा, संस्कृति, संरक्षण सर्म्बर्द्धन मगरहरुको मूल मन्त्र,जातीय पहिचान र स्वायतशासन सहितको संघीय लोकतान्त्रिक मन्त्र भन्ने मूल उद्देश्य सहित नेपालगन्जमा मगर राष्ट्रिय जागरण अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार नेपाल मगर संघ भेरी कर्ण्ााली अञ्चल समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा अब बन्ने संविधानमा कसरी मगर जातीका मागहरुलाई सुनिश्चित गर्न सकिन्छ भन्ने उद्देश्यले देशव्यापी रुपमा जागरण अभियान प्रशिक्षण सुरु गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले अब बन्ने नयाँ संविधानमा मगर जातीहरुको हक र अधिकार राज्यले सुनिश्चत गर्नु पर्ने भन्दै मगर समुदायको बस्ती बस्तीमा जनमत संग्रह गर्न लागेको बताउनु भयो ।
अध्यक्ष थापामगरले मुलुकमा भईरहेको एकात्मक शासनलाई परिवर्तन गर्दै देशलाई संघीयतातिर लग्न सकेमात्र नेपाली जनताहरुको भविष्य सुनिश्चत हुने धारणा राख्नु भयो ।
अथार मगरातले गरयो सम्मान तथा बधाई
काठमाडौं फागुन ९
नेपाल मगर विद्यार्थी संघको ७ औं राष्टिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना काठमाडौं धापासीमा एक भब्य कार्यक्रम गरी सम्पन्न भएको छ ।
अथार मगरात मगर प्रतिष्ठान कलंकीको आयोजनामा सोमबार भएको कार्यक्रम देशभरीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अथार मगरात प्रतिष्ठानका पूरव सदस्य तथा निर्वतमान महासचिव एव नेपाल मगर विद्यार्थी संघ केन्द्रिय पूरव अध्यक्ष तथा सल्लाहका झकेन्द्र र्घर्ति मगरले देश भरि छरिएर रहेका मगर समुदायलाई एकताबद्ध रुपमा लग्नु पर्ने बताउनु भयो । उहांले आजको २१ औं शताब्दीमा पनि देशको तेस्रो जनसंख्याको रुपमा रहेको मगर समुदाय आजसम्म पनि राज्यको नीति निर्माण तहमा उल्लेख्य रुपमा पुग्न नसकेको बताउनु भयो । प्रमुख अतिथि र्घर्तिले अबका दिनमा देशभरि रहेका मगरहरु एकजुट भएर नयां बन्ने संविधानमा आफ्ना भाषा संस्कृति, शैक्षिक मुद्धालाई उठान गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । उहांले मगर समुदाय लगायत पछाडि परेका जाती वर्ग क्षेत्र, समुदायको हकहतिकोलागि देशमा संघीयताको आवश्यकता भएको बताउनु भयो ।
मकवानपुर जिल्ला समितिको अधिवेशन सम्पन्न
हेटौडा २५ पौष
नेपाल मगर विद्यार्थी सघ जिल्ला समिति मकवानपुरको चौथो अधिवेशन सम्पन्न भएको छ ।
यस अिधवेशन नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका अध्यक्ष माधवकुमार दर्लामी मगरको प्रमुख आतिथ्यमा उदघाटन भएको थियो । उद्घाटन समारोह अवसरमा सविधान सभाका सदस्य माननीय प्रेम बहादुर पुलामी मगर, नेपाल मगर सघ केन्द्रीय समिति सदस्य विश्व आले मगर, नेपाल मगर विद्यार्थी सघ केन्द्रीय समितिका सदस्यहरू दिनेश राना र युरिका थापा मगर लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उक्त जिल्ला अधिवेशनले चित्र पुलामी मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्ष मीता आले, सचिव कला आले, कोषाध्यक्ष रमिता दर्लामी, सहसचिव महेन्द्र राना चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरु शर्मिला आले, कविता थापा, नारायण सारु, राजेन्द्र चुनीमगर, आस्था थापा, सुस्मा थापा, सुस्मिता थापा, राजु राना, दीपा गरञ्जा, उमेश थापा, प्रीति ग्यालान मगर, लक्ष्मी थापा, अनिता राना, मिलन पुलामी, सपना थापा र प्रवीण राना रहनु भएको छ ।



